मिस तपाईं पहिलो जन्ममा कुखुरी हुनु हुन्थ्यो

विद्यार्थी : मिस तपाईं पहिलो जन्ममा कुखुरी हुनु हुन्थ्यो हो ?

मिस : (रिसाउदै), किन र ?

विद्यार्थी : तपाईंले जहिले पनि मलाई टेस्ट पेपरमा अण्डा दिनु हुन्छ त्यसैले ।

एक रुपैयाँ दिनुस् ।

भिखारी : साहब, एक रुपैयाँ दिनुस् । साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?

भिखारी : अनी के तेरो जाबो एक रुपैयाँ लिनको  लागि म अफिस खोलौ त ?

जाबो दस रुप्पिया को अन्डा

एउटा कुखुरी एउटा पसलमा गइछ अनि पसले सित तीनवटा अन्डा मागीछ.. पसले छक्क पर्दै..: किन चाहियो तिमीलाई अण्डा ..?? कुखुरी : …जाबो दस रुप्पिया को अन्डाको लागि के फिगर बिगार्छौ भनेर…भाले जी ले भन्नु भाको छ के ..

दुइजना ड्राइभरहरु आपसमा कुरा गर्दै

दुइजना ड्राइभरहरु आपसमा कुरा गर्दै … ११. पहिलो: तिम्रो गाडीको नाम के हो ? दोश्रो: अँ… खोइ ..मैले त भुलेँ यार, तर… टि बाटै स्टार्ट हुन्छ । पहिलो: हो र यार… मेरो त डिजेल बाट मात्रै ..स्टार्ट हुन्छ…!! – See more at: http://palpalimilan.blogspot.com/2011/06/nepali-funny-jokes-naya-purana-nepali.html#sthash.ITbZbIPT.dpuf

ल भन त गोरे Orange र Apple मा के फरक छ ..

काले : ल भन त गोरे Orange र Apple मा के फरक छ ..??? गोरे : थाहा छैन तैले नै भन न ..?? काले : Orange को कलर Orange नै हुन्छ तर Apple को कलर भने Apple हुदैन ..!!! – See more at: http://palpalimilan.blogspot.com/2011/06/nepali-funny-jokes-naya-purana-nepali.html#sthash.ITbZbIPT.dpuf